स्वास्थ्य नीति चाँडै : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य नीति चाँडो ल्याउने तयारी भइरहेको बताएका छन्।
काठमाडौँ महानगरपालिका–१४ स्थित ग्रिनलन्स एकेडमीको २६ औँ वार्षिकोत्सवमा उनले विद्यालय आसपास सुर्ती तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने नियमसहितको स्वास्थ्य नीति ल्याउने बताए।
मन्त्री ढकालले लामो अध्ययनपछि हालै ल्याइएको शिक्षा नीतिमा विद्यालयलाई क्षमतावान् बनाउन प्राथमिकता दिएको दाबी गरे।
‘निजी विद्यालयलाई प्रोत्साहन गरी सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउने तयारी सरकारले गर्दैछ’, उनले भने।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा