बोनम्यारो पीडित बालिकालाई रकम सहयोग
स्याङ्जा : बोनम्यारोको समस्याबाट पीडित यहाँकी एक बालिकाको उपचारार्थ नेपाल मगर संघ गल्याङले छ लाख ४० हजार रकम सहयोग गरेको छ।
गल्याङ नगरपालिका– ३ बस्दै आएकी १६ वर्षीया विमला राना चार वर्षदेखि बोनम्यारो रोगबाट पीडित छिन्।
उनको उपचारमा सहयोग गर्न रकम संकलन गरी हस्तान्तरण गरिएको संघ अध्यक्ष कुमार रानाले जानकारी दिए। ‘जीवन मरणको दोसाँधमा रहेकी १६ वर्षीया बालिकाको उपचारमा सहयोग गरी पुनर्जीवन दिने उद्देश्यले ‘विमला रानाको जीवन बचाऔँ अभियान’मार्फत रकम सङ्कलन गरेका हौँ’, उनले भने।
बालिकाकी आमा कुमारी रानाले छोरीको उपचारमा अस्पताल धाउँदा धाउँदा पैसा सकिएपछि सहयोगका लागि विभिन्न ठाउँमा आग्रह गरेको बताइन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै