स्वास्थ्य मन्त्रालयका सहसचिव न्यौपानेको सरुवा
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फका सहसचिव शिवराम न्यौपानेको सरुवा भएको छ।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार न्यौपानेलाई स्वास्थ्यबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीमा प्रमुख रहेका न्यौपाने गत साउनमा स्वास्थ्य मन्त्रालय आएका थिए।
स्वास्थ्यमा प्रशासन तर्फका दुई सहसचिवको पद रहेको छ। सरकारले एक साता अघि मात्र सहसचिव रघुराम विष्टलाई ल्याएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा