वर्षको पहिलो दिन विश्वमा तीन लाख ९२ हजार शिशुको जन्म
सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले बुधबार जनाएको छ ।
‘सबैभन्दा बढी बालबालिका भारतमा जन्मिने छन् भने दोस्रो धेरै चीनमा र तेस्रो धेरै नाइजेरियामा जन्मिने छन्’, युनिसेफको प्रक्षेपणका आधारमा नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि पिटर हकिन्सले बताए।
जनवरी १ मा भारतमा ६७ हजार ३८५ शिशुको जन्म हुने युनिसेफको प्रक्षेपण छ भने चीनमा ४६ हजार २९९ र नाइजेरियामा २६ हजार ३९ शिशुले जन्म लिनेछन्।
यसरी हेर्दा नाइजेरियामा जनवरी १ मा विश्वभर जन्मिने शिशुको सात प्रतिशत शिशुले जन्म हकिन्सले बताए। ‘हरेक नयाँ वर्षको सुरूसँगै हरेक नाइजेरियाली बालबालिकाले आफ्नो जीवनको यात्रा शुरू गर्न सम्भावना उनीहरूलाई जीवन जिउन दिइने अवसरका आधारमा हुनेबारेमा जानकारी दिइन्छ’, उनले भने।
नाइजेरिया लगायत विश्वका लाखौँ नवजात शिशुका लागि जन्मिएकै दिन कम पवित्र बन्ने गर्छ अर्थात् सोही दिन उनीहरूले मृत्युवरण गर्छन्।युनिसेफ प्रतिनिधि पिटर हकिन्सका अनुसार सन् २०१८ मा विश्वभरका २५ लाख शिशुले जन्मेको पहिलो महिनामै ज्यान गुमाएका थिए।त्यसमध्ये एक तिहाइले जन्मिएकै दिन देहत्याग गरेका थिए।
नाइजेरियामा मात्रै गत वर्ष तीन लाख १८ हजार ५२२ शिशुको मृत्यु भएको थियो। अभिभावकको लापरवाही वा व्यवहारका कारण अल्पायुमै शिशुहरूको मृत्यु हुने गरेको छ।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित