हुम्लाकाे खार्पुनाथमा रूघाखाेकीले महिलाकाे मृत्यु
हुम्ला : मौसमी रुघाखोकीका कारण खार्पुनाथ गाउँपालिका–३ रायागाउँकी एक महिलाको मृत्यु भएको छ। रुघाखोकीले सोमबार राति रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको हो।
मृतक बुढाका एक छोरी, दुई छोरा छन्। श्रीमान् भने घरमा नभएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए।
रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेब वीरसिंह रावलले जानकारी दिए।
राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेका छन्। रावलका अनुसार अहिले राया स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन लागेको छ।
गत मंसिरको अन्तिम साता परेको भारी हिमपातले बिरामीको संख्या बढेको छ। जिल्ला अस्पताल हुम्लामा पनि बिरामीको चाप बढेकाे छ। रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा