Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हुम्लाकाे खार्पुनाथमा रूघाखाेकीले महिलाकाे मृत्यु

हुम्लाकाे खार्पुनाथमा रूघाखाेकीले महिलाकाे मृत्यु

हुम्ला : मौसमी रुघाखोकीका कारण खार्पुनाथ गाउँपालिका–३ रायागाउँकी एक महिलाको मृत्यु भएको छ। रुघाखोकीले सोमबार राति रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको हो।

मृतक बुढाका एक छोरी, दुई छोरा छन्। श्रीमान् भने घरमा नभएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए।

रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेब वीरसिंह रावलले जानकारी दिए।

राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेका छन्। रावलका अनुसार अहिले राया स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन लागेको छ।

गत मंसिरको अन्तिम साता परेको भारी हिमपातले बिरामीको संख्या बढेको छ। जिल्ला अस्पताल हुम्लामा पनि बिरामीको चाप बढेकाे छ। रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार