Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेटौँडा अस्पतालमा भेन्टिलेटर र आईसीयू सञ्चालन

हेटौँडा अस्पतालमा भेन्टिलेटर र आईसीयू सञ्चालन

हेटौँडा : अस्पतालमा सघन उपचार कक्ष ‘आईसीयू’ र भेन्टिलेटर सेवा शुरु भएको छ। नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेसिन मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

१६ लाखमा किनिएका दुईवटा मेसिन जनशक्ति अभावलगायतका कारण थन्किएर रहेको थियो। अस्पतालले परीक्षणस्वरूप आईसीयू पनि सञ्चालन गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए। जनशक्ति अभावका कारण हाल एउटा शय्या मात्र आईसीयू सञ्चालनमा ल्याएकोे हेटौँडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले बताए।

आगामी असारसम्ममा पाँच शय्याको आईसीयू तथा डायलसिस सञ्चालन गर्ने गरी अस्पतालले तयारी गरिरहेको पनि अस्पताल विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए।

प्रदेश सरकार मातहत अस्पताल आएपछि अस्पतालमा परिवर्तन आएको छ। बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिस्ट लगायत  विशेषज्ञ डाक्टर तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न थालेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार