हेटौँडा अस्पतालमा भेन्टिलेटर र आईसीयू सञ्चालन
हेटौँडा : अस्पतालमा सघन उपचार कक्ष ‘आईसीयू’ र भेन्टिलेटर सेवा शुरु भएको छ। नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेसिन मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
१६ लाखमा किनिएका दुईवटा मेसिन जनशक्ति अभावलगायतका कारण थन्किएर रहेको थियो। अस्पतालले परीक्षणस्वरूप आईसीयू पनि सञ्चालन गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए। जनशक्ति अभावका कारण हाल एउटा शय्या मात्र आईसीयू सञ्चालनमा ल्याएकोे हेटौँडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले बताए।
आगामी असारसम्ममा पाँच शय्याको आईसीयू तथा डायलसिस सञ्चालन गर्ने गरी अस्पतालले तयारी गरिरहेको पनि अस्पताल विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए।
प्रदेश सरकार मातहत अस्पताल आएपछि अस्पतालमा परिवर्तन आएको छ। बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिस्ट लगायत विशेषज्ञ डाक्टर तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न थालेको छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै