चिसाे बढेपछि धनुषाका विद्यालय बन्द
धनुषा : शितलहरका कारण अत्यधिक चिसो बढेपछि धनुषाका सामुदायिक तथा निजी विद्यालयहरू बन्द गरिएको छ।
जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय पुस १३ गते देखि १८ गतेसम्मका लागि बन्द गरिएको जिल्ला शिक्षा समन्वय समिति धनुषाका प्रमुख बर्खुप्रसाद रजकले जानकारी दिए।
प्रतिकुल मौसमका कारण ६ दिनका लागि सम्पूर्ण विद्यालयको अध्ययन अध्यापन बन्द गरेको उनले बताए। यस्तै निजी विद्यालयहरूको संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन्। निजी विद्यालय भने पुस १४ गतेदेखि पुस १६ गतेसम्म मात्र बन्द गरिने भएको छ।
जाडो बढेपछि विद्यालयहरूमा विद्यार्थीको घट्दै गएको थियो। उनीहरूमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन थालेकाे थियाे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा