Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कारागारमा छैनन् स्वास्थ्यकर्मी, कैदीबन्दीकाे उपचारमा समस्या

कारागारमा छैनन् स्वास्थ्यकर्मी, कैदीबन्दीकाे उपचारमा समस्या

दाङ : तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ।

क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिए पनि स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताए।

गत असोजमा दरबन्दीका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि उपचारमा समस्या भएको हो। तुलसीपुर कारागारमा ३७६ कैदीबन्दी छन्।

घोराही कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि गएको असोजदेखि स्वास्थ्यकर्मीविहीन भएको जेलर विष्णु पाण्डेले जानकारी दिए। दरबन्दीअनुसार स्वास्थ्यकर्मी कारागारमा नआएको र बिरामीलाई अस्पताल ल्याउँदा लैजाँदा असहज हुनुका साथै खर्चसमेत बढेकाे कारागार प्रशासनले जनाएको छ।

चालू आर्थिक वर्षमा आएको एक लाख ८० हजार बजेटमा अहिलेसम्म साढे एक लाख उपचार खर्चमा सकिएको जेलर पाण्डेले जानकारी दिए। घोराही कारागारमा अहिले ३१५ कैदीबन्दी  छन्।

चिसोका कारण कैदीबन्दीमा रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिएको बताइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार