Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिसोले बालबालिका र वृद्धवृद्धा मारमा

चिसोले बालबालिका र वृद्धवृद्धा मारमा

रसुवा : अत्यधिक तुसारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि  बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। चिसोका कारण बालबालिकालाई निमोनिया र वृद्धवृद्धालाई खोकीको समस्या देखा परेको हो।

चिसोको असरबाट निमोनिया एवं दम खोकीका बिरामी बढेको रसुवा अस्पतालका प्रमुख डा.अनिलकुमार खरेलले बताए। उनका अनुसार दिनमा १५ भन्दा बढी चिसोप्रभावित बिरामी अस्पताल आउने गरेका छन्।

चिसोयामभर बालबालिका र ज्येष्ठ नागरिकलाई कम नुहाउने, नुहाउनै परे हल्का तातोपानीले चाँडो नुहाइदिने र तेलको मालिस गर्ने गर्न डा. खरेलले सुझाव दिए। बालबालिकालाई तातो खुवाउने, सिरक वा कम्बल ओडाएर घरभित्रै राख्ने र आगो ताप्नु परेमा हिटर वा कोइला मात्र प्रयोग गर्न पनि उनले सल्लाह दिए।

चिसोको असरले निमोनिया, रूघाखोकी लागि राखेको अवस्थामा दाउरा बाल्दा धुवाँले थप समस्या पार्ने उनको भनाइ छ। चिसोको बहानामा मदिरा तथा सुर्तीजन्य वस्तु प्रयोग नगर्न पनि चिकित्सकले सुझाव दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार