चिसोले बालबालिका र वृद्धवृद्धा मारमा
रसुवा : अत्यधिक तुसारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। चिसोका कारण बालबालिकालाई निमोनिया र वृद्धवृद्धालाई खोकीको समस्या देखा परेको हो।
चिसोको असरबाट निमोनिया एवं दम खोकीका बिरामी बढेको रसुवा अस्पतालका प्रमुख डा.अनिलकुमार खरेलले बताए। उनका अनुसार दिनमा १५ भन्दा बढी चिसोप्रभावित बिरामी अस्पताल आउने गरेका छन्।
चिसोयामभर बालबालिका र ज्येष्ठ नागरिकलाई कम नुहाउने, नुहाउनै परे हल्का तातोपानीले चाँडो नुहाइदिने र तेलको मालिस गर्ने गर्न डा. खरेलले सुझाव दिए। बालबालिकालाई तातो खुवाउने, सिरक वा कम्बल ओडाएर घरभित्रै राख्ने र आगो ताप्नु परेमा हिटर वा कोइला मात्र प्रयोग गर्न पनि उनले सल्लाह दिए।
चिसोको असरले निमोनिया, रूघाखोकी लागि राखेको अवस्थामा दाउरा बाल्दा धुवाँले थप समस्या पार्ने उनको भनाइ छ। चिसोको बहानामा मदिरा तथा सुर्तीजन्य वस्तु प्रयोग नगर्न पनि चिकित्सकले सुझाव दिएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा