नर्स भेटिइन् मृत
कैलाली : धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स सोनम ऐर मृत अवस्थामा फेला परेकी छिन्।
धनगढी–५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया ऐर मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्। उनको मृत्युबारे अनुसन्धान अघि बढाएको कार्कीले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा