चिसोले बिरामी पर्न थाले राउटे बालबालिका
सुर्खेत : चिसोका कारण राउटे समुदायका बालबालिका बिरामी पर्न थालेका छन्। दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएका राउटे बालबालिका बिरामी परेका हुन्।
राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताए। ‘चिसो बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ’, उनले भने, ‘बालबालिकालाई गाह्रो छ।’
चिसोबाट बिरामी परेको समाचारसँगै विभिन्न संघसंस्थाको सहयोगमा राउटे बस्तीमै पुगेर चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको छ।
कम्बल, हाइनेकलगायत कपडासँगै चामल, पिठो, घिउलगायतका खाद्यसामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन्।
प्रतीकात्मक तस्विर





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा