Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रुघाखोकीका बिरामीले भरिए स्वास्थ्यचौकी

रुघाखोकीका बिरामीले भरिए स्वास्थ्यचौकी

हुम्ला  : चिसो बढेसँगै जिल्लाका सातवटै गाउँपालिकाका स्वास्थ्यचौकीमा बिरामी बढेका छन्।

सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामी बढेका छन्। करिब ५०० घरधुरी रहेको सो गाउँका अधिकांश बासिन्दा थला परेका छन्। जिल्लाकै बढी जनसङ्ख्या र ठूलो बस्ती रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि तीन जना बिरामी भएका छन्।

रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अहेब नर भण्डारीले जानकारी दिए। स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए।

ठेहे स्वास्थ्यचौकीमा आफू र कार्यालय सहयोगी मात्रै रहेको भण्डारीले जानकारी दिए। दैनिक ४५ देखि ५० जना बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुपरेको उनले बताए।

यस्तै जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढेको छ। रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिए।

उनका अनुसार मौसमी रुघाखोकीले बिरामीको संख्या बढेको छ । जिल्लाका तल्लो क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा पनि बिरामीको चाप बढेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार