रुघाखोकीका बिरामीले भरिए स्वास्थ्यचौकी
हुम्ला : चिसो बढेसँगै जिल्लाका सातवटै गाउँपालिकाका स्वास्थ्यचौकीमा बिरामी बढेका छन्।
सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामी बढेका छन्। करिब ५०० घरधुरी रहेको सो गाउँका अधिकांश बासिन्दा थला परेका छन्। जिल्लाकै बढी जनसङ्ख्या र ठूलो बस्ती रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि तीन जना बिरामी भएका छन्।
रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अहेब नर भण्डारीले जानकारी दिए। स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए।
ठेहे स्वास्थ्यचौकीमा आफू र कार्यालय सहयोगी मात्रै रहेको भण्डारीले जानकारी दिए। दैनिक ४५ देखि ५० जना बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुपरेको उनले बताए।
यस्तै जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढेको छ। रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिए।
उनका अनुसार मौसमी रुघाखोकीले बिरामीको संख्या बढेको छ । जिल्लाका तल्लो क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा पनि बिरामीको चाप बढेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा