आँखादान गरी दिवंगत भएकाहरूको सम्झना
काठमाडौं : आँखादान गरी दिवंगत भएकाहरूको सम्झनामा तिलगंगा आँखा प्रतिष्ठान नेपाल आँखा बैंकले श्रद्धाञ्जली सभा गरेको छ।
शनिबार तिलगंगामा आयोजित सभामा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले २५ वर्षअगाडि शुरु भएको आँखादान अभियानमा हजारौँ सहभागी भएको भन्दै खुशी व्यक्त गरे।उनले नेपालीका लागि नेपालबाटै आँखाको नानी प्रत्यारोपण गर्ने अवस्था रहेको बताए।
आँखादानबारे जनमानसमा अझै पनि भ्रम रहेको उनको भनाइ छ। ‘आँखादान भन्ने बित्तिकै आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र झिक्ने हो’, उनले भने, ‘यसमा धार्मिक, साँस्कृतिक रूपमा कुनै बाधा पर्दैन।’
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले धेरैभन्दा धेरैलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन कार्यक्रम आयोजना गरेको बताइन्।
नेपाल आँखा बैंककी मेडिकल डाइरेक्टर डा. लिना बज्राचार्यले आँखा बैंकको सेवालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन्।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मरणोपरान्त आँखादान गर्ने घोषणा गरे।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वका साथै आँखादान गर्नेहरूका परिवारका सदस्यको उपस्थिति रहेको थिायो। प्रत्येक वर्ष डिसेम्बर २८ मा आँखा बैंकले आँखादान गरी दिवंगत भएकाहरूको सम्झनामा कार्यक्रम गर्दै आएको छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै