Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुटु परीक्षण शिविरमा १२०० लिए सेवा

मुटु परीक्षण शिविरमा १२०० लिए सेवा

रोल्पा : जिल्लामा पहिलोपटक भएकाे मुटुसम्बन्धी निःशुल्क शिविरमा एक हजार २०० बढीले सेवा लिएका छन्।

रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा एक हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो। पाँच सय बढीलाई औषधि वितरण गरिएको शिविरमा १२३ को रक्तचाप परीक्षण, ३८५ को ईसीजी र ५२१ को इको परीक्षण गरिएको थियो।

जिल्लामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शिविरले मुटुरोगी लाभान्वित भएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए। शिविरमा मुटुरोग विशेषज्ञसहित १८ चिकित्सकको बिरामीकाे जाँच गरेका थिए।

शिविरमा आएका मुटुरोगका २७ जटिल बिरामीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा सिफारिस गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ। सिफारिस गरिएका बिरामी र उनका एक सहयोगीलाई यातायात खर्चसहित निःशुल्क शल्यक्रियाको व्यवस्था आयोजकले व्यहोर्ने भएको छ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सम्मान फाउण्डेसनको आयोजनामा भएको शिविरमा जयन्ती फाउण्डेसनको सहयोग रहेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार