अस्पतालमा विद्युतीय टोकन
म्याग्दी : बेनी अस्पतालमा बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली शुरु भएको छ।
लाइनमा बस्नुपर्ने झञ्झटको अन्त्य गर्दै सेवा प्रभावकारी बनाउन यो प्रणाली शुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। ‘आफ्नो पालोमा टिकट लिएर चिकित्सकसम्म पुगी उपचार गराउन यसले सजिलो बनाएको छ’, उनले भने।
लाइनमा बस्दा भीडभाड हुने तथा बिरामीलाई उपचारमा समस्या हुने, घचेटाघचेट हुने लाइनमा पालो मिचेर अगाडि जाने र इमर्जेन्सीका नाममा आफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताए।
अस्पतालले निकट भविष्यमै मिर्गौला रोगीका लागि डायलासिस सेवा शरु गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै