Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंमा शुरु

दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंमा शुरु

काठमाडौं:  दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले गरेका थिए ।

सम्मेलन उदघाटन गर्दै महतोले नेपालमा मेडिकल टुरिजमको प्रचुर सम्भावना रहेको भन्दै यसमा काम गर्ने बेला आएको बताए । उनले नेपालको सुन्दरता दृश्यावलोकन गर्न आउने पर्यटकलाई स्वास्थ्य प्याकेज बनाएर सेवा दिन सकिने जिकीर गरे । उनले मेडिकल टुरिजमको लागि अब अन्तराष्ट्रिय अस्पताल तथा संस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

सम्मेलनको मुख्य उद्धेश्य नै नेपाल भित्रिने पर्यटकलाई कसरी स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने नै हो सम्मेलन संयोजक अर्जुन चन्दले बताए । चन्दले सम्मेलनमा भारत, बंगलादेश, म्यान्मार लगायतका देशबाट डाक्टर एवं विज्ञहरु आएको जानकारी दिए ।

यसैगरी कार्यक्रमका आयोजक कृष्ण पाण्डेले भिजिट नेपाल २०२० को नजिकै पारेर गरिएको मेडिकल टुरिजम समिटले सरकारको बढी पर्यटन भित्र्याउने नीतिलाई मात्रै सहयोग गर्ने नभई उनीहरुको बसाई लम्बाउने र सेवा दिनेमा समेत सहयोग गर्ने बताए ।

 

दुई दिनसम्म हुने सम्मेलनमा  स्वास्थ्य क्षेत्रका  २ हजार बढी सराेकारवालाले अवलोकन गर्ने अनुमान रहेको पनि उनले जानकारी दिए ।
पहिलो दिन एक्स्पोका साथै बी टुबी मिटिङ राखिएको छ, उनले भने । आफनो बिजनेस प्रमोसनका लागि विभिन्न देशबाट आएका विज्ञहरुसँग छलफल गर्न सकिने हुँदा नेपालका स्वास्थ्य व्यवसायीले फाइदा लिन सक्ने पनि उनले जानकारी दिए ।

सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा भएको याे मेडिकल टुरिजम समिटले पर्यटकहरूलाई स्वास्थ्य सेवाका प्याकेज प्रदान गरी उनीहरूको बसाइँ लम्ब्याउन पनि सहयोगी बन्न सक्ने आयोजक संस्थाको विश्वास छ।
सम्मेलनको औपचारिक उद्घाटन शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार