त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको डायलासिस
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगी मिर्गौलाको नियमित डायलासिस गराएका छन्।
प्रधानमन्त्री ओली डायलासिसका लागि बिहान १०:३० बजे अस्पताल पुगेका हुन्। मिर्गौलाको काम गर्ने क्षमता कम भएपछि उनले नियमित डायलासिस गराउँदै आएका छन्।
यसअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र ग्राण्डी अस्पतालमा डायलासिस गराएका थिए।
उनको मिर्गौला पुनः प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ। चिकित्सकहरूले एपेण्डिसाइटिस शल्यक्रियाको घाउ निको भएपछि मिर्गौला पुनः प्रत्यारोपणको प्रक्रियामा जाने बताएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा