विषाक्त रक्सी खाँदा २६ जनाको मृत्यु
विषाक्त रक्सीका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ।
राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा २६ जनाको मृत्यु भएको अधिकारीहरूले पत्रकार सम्मेलन गरी शुक्रबार जानकारी दिएका हुन्।
‘डिसेम्बर महिनामा रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रूपले बढेको छ’, प्रान्तीय शहरी प्रहरी विभागका प्रमुख लखामा अमुर्मुरुमले भने, ‘उनीहरूमध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा रक्सी सेवन गर्दा मृत्यु भएको हो।’
मङ्गोलियामा नयाँ वर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रम गरिन्छ। यस्ता कार्यक्रम रेष्टुरेन्ट, रात्रि क्लब, बारलगायतमा आयोजना गरिन्छ।
राजधानी उलान बाटोरमा अहिले उच्च सतर्कता अपनाइको अमुर्मुरुमले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा