कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. निरेश थापा
काठमाडौं : डा. निरेश थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टर (शिक्षाध्यक्ष) नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार डा. थापालाई रेक्टरको जिम्मेवारी दिएका हुन्।
यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले रेक्टरका लागि डा. थापासहित डा भरतमणि पोखरेल र डा. बद्री बडु सिफारिस भएका थिए। डा. थापाको नाम पहिलो नम्बरमा थियो।
डा.थापा विसं २०७१ सालदेखि प्रतिष्ठानमा कार्यरत छन्। उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसियट प्रोफेसर समेत हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा