राष्ट्रिय क्षयरोग केन्द्रमै औषधि अभाव
भक्तपुर : औषधि अभाव भएपछि जटिल खालकाे क्षयरोगका बिरामी समस्यामा परेका छन्।
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडीआर) उपचारको औषधि नपाएपछि बिरामीकाे ज्यान जोखिममा परेको हो।
क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा शुरु भएको नौमहिने छोटो उपचार विधिमा बिरामीले नौ महिना आवश्यक औषधि सेवन गरी चारदेखि छ महिनासम्म सुई लिनुपर्छ। सामान्य औषधिले काम नगरेपछि चलाइने ‘क्यानामाइसिल’ नामको औषधि नपाएपछि बिरामीको ज्यान जोखिममा परेको हो।
केन्द्रका एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामको औषधि एक बिरामीलाई साताको छ वटाका दरले करिब पाँच महिनासम्म १५० वटा दिइनुपर्छ। क्षयरोग बिग्रिएमा एसडीआर हुने र बिरामीको उपचार असम्भव भई बिरामीको ज्यानै जानसक्ने चिकित्क बताउँछन्। क्षयरोगको जटिल रोग लागेर औषधि सेवनबाट पनि निको नभएपछि विकल्पका रूपमा बिरामीलाई यो औषधि दिइन्छ।
‘क्यानामाइसिल’ औषधि गत नोभेम्बरबाटै सकिएको र दामियन फाउण्डेसन बेल्जियमबाट चार हजार थान औषधि मगाए पनि तीन हजार २०० थान मात्रै आएको र यो १८ दिनमै सकिएपछि औषधि अभाव भएको हो ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले भने ‘क्यानामाइसिल’ नामक औषधि फेजआउट हुन लागेकाले नपाएको दाबी गरे। ‘क्यानामाइसिल नामक औषधि विस्तारै फेजआउट हुँदैछ, कम्पनीले उत्पादन नै कम गरेपछि औषधि नआएको हो’, उनले भने, ‘यसको सट्टामा ‘एमिक्यासिन’ नामक औषधि मगाएका छाैँ। भारतबाट आउनेवित्तिकै त्यही औषधि चलाउँछौँ।’
तत्काल १६ हजार औषधि चाहिने भए पनि पटकपटक माग गरेर चार हजारदेखि पाँच हजारसम्म एकपटकमा औषधि आयात गरेको र अभाव हुन नदिएको केन्द्रका निर्देशक राजभण्डारीको दाबी छ। सरकारले क्षयरोगका बिरामीका लागि निःशुल्क उपलब्ध गराउँदै आएको ‘क्यानामाइसिल’ औषधि एउटा इन्जेक्सनको ३ डलर पर्ने केन्द्रको भनाइ छ। यो औषधि नेपालका फार्मेसीमा समेत नपाइने बिरामीको गुनासो छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित