नेपाल नर्सिङ संघमा मतदान जारी, अध्यक्षमा प्रा.थापा र प्रा.राईबीच प्रतिस्पर्धा
काठमाडौं : नेपाल नर्सिङ संघमा नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ। देशभरका २१ मतदान केन्द्रमा बुधबार बिहान ७ बजे शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ।
संघमा नयाँ नेतृत्वका लागि संयुक्त पेशागत प्यानलबाट प्रा. मुना राना थापा र प्रगतिशील प्यानलबाट प्रा. मनकुमारी राईबीच प्रतिस्पर्धा हुँदैछ।
अध्यक्षकी प्रत्यासी थापा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की प्राध्यापक हुन्। राईले भने एक वर्षअघि संस्थानबाट अवकाश पाइसकेकी छिन्।
तीन वर्षमा हुनुपर्ने नेपाल नर्सिङ संघको निर्वाचन पाँच वर्षपछि हुन लागेको हो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा