क्यान्सरबाट बच्न आहारविहारमा दिनुपर्छ विशेष ध्यान
पोखरा : सरोकारवालाहरूले क्यान्सरबाट बच्न आहारविहारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
क्यान्सर काउन्सिल नेपालले मंगलबार गरेको क्यान्सर रोग विषयक सचेतना कार्यक्रममा विज्ञहरूले आहारविहार र असावधानीका कारण धेरै व्यक्ति क्यान्सरको जोखिममा परेको बताएका हुन्।
वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले रहनसहन, आहार विहार र असावधानीका कारण धेरैले क्यान्सर रोगबाट ज्यान गुमाउनुपरेको बताए।
‘सुर्तीजन्य पदार्थ, मदिरा आदिको सेवनले क्यान्सर रोग बढाएको छ’, उनले भने, ‘बेलैमा सावधानी अपनाउन नसक्दा पनि यसको मारमा पर्नेको संख्या धेरै छ।’ विश्वमा सन् २०१८ मा क्यान्सरकै कारण करीब १० लाख जनाले ज्यान गुमाएको भन्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगका कारण २२ प्रतिशतले ज्यान गुमाउने गरेको बताए।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले बेलैमा सचेत भए क्यान्सरबाट हुने जोखिममा कमी ल्याउन सकिने बताए। उनले समाजमा क्यान्सरसम्बन्धी सचेतना अपरिहार्य रहेको तर्क गरे।
सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रणलगायत आहारबिहारमा ध्यान पुर्याउने हो भने त्यसले क्यान्सरजन्य रोगबाट बच्न धेरै सहयोग पुग्ने उनको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण