स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान
गुल्मी : कालीगण्डकी गाउँपालिका–७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ। पण्डित वेणीमाधव पौडेल फाउण्डेसन गुल्मीले मंगलबार स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो।
काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कालीगण्डकी गाउँपालिका–७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे। राज्यले गर्नुपर्ने काम नेता थापाले फाउण्डेसनले गरेकाे भन्दै खुशी प्रकट गरे।
भुर्तुङ स्वास्थ्यचौकीमार्फत सञ्चालन हुने यो एम्बुलेन्सले सोही वडासहित खड्गकोट, चन्द्रकोट गाउँपालिकाका केही वडा र बागलुङका नागरिकलाई समेत सेवा दिने वडाध्यक्ष शाहले जानकारी दिए। एम्बुलेन्स नभएका कारण डोको, स्ट्रेचर तथा निजी सवारीसाधनमा चर्को मूल्य तिरेर स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्ने बाध्यता स्थानीयवासीलाई थियो।
गाउँका नागरिकको समस्यालाई मध्यनजर राख्दै बुबाको सम्झनामा एम्बुलेन्स प्रदान गरेको छोरा गोकर्ण पौडेलले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण