चिकित्सा शिक्षा आयोगमा दन्तचिकित्सककाे प्रतिनिधित्व गराउन संघकाे आग्रह
काठमाडौं : नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगमा डेण्टल एसोसिएसनको प्रतिनिधित्व गराउन आग्रह गरेको छ।
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा दन्त चिकित्सकहरूले पुर्याएको योगदानले समग्र स्वास्थ्य सेवामा उल्लेख्य टेवा पुगेको भन्दै संघले आफ्नो प्रतिनिधित्वका लागि एसोसियसनले उठाएको माग सम्बोधन गर्न आयोगसँग आग्रह गरेको हो।
‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्य बमोजिम चिकित्सा शिक्षा आयोगको गठन भएको हुनाले’, मंगलबार विज्ञप्ति निकालेर संघले भनेको छ, ‘उक्त आयोगमा डेण्टल एसोसिएसनको तर्फबाट समेत प्रतिनिधित्व हुन सकेको खण्डमा आशातित प्रतिफल प्राप्त गर्न सकिने नेपाल चिकित्सक संघको ठहर छ।’






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा