Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अर्घाखाँचीमा असुरक्षित गर्भपतन बढ्दै

अर्घाखाँचीमा असुरक्षित गर्भपतन बढ्दै

अर्घाखाँची : सरकारको सूचीकृत संस्थाले मात्र गर्भपतन गराउन पाउने भए पनि सदरमुकाम सन्धिखर्कमा निजी स्वास्थ्य संस्थाहरूले जथाभावी सेवा दिइरहेका छन्।

सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलिक्लिनिक र फार्मेसीमा अनुगमन गर्दा नियमविपरीत गर्भपतन सेवा सञ्चालन गरेको पाइएको हो। अर्घाखाँची अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतनको सेवा भए पनि महिला निजी मेडिकलमा गएर गर्भपतन गराउन औषधि सेवन गर्ने गरेको पाइएको छ।

नियमविपरीत मेडिकल र पोलिक्लिनिकले गर्भपतन गराउने, बेच्न नहुने औषधि बिक्री गर्ने भेटिएको अर्घाखाँची अस्पतालका डा.कपिल गौतमले बताए। कतिपयले मेडिकलमा गएर गर्भपतनको औषधि खाने र रक्तश्राव भएपछि मात्र सफा गर्न अस्पताल आउने गरेको उनले बताए।

साउन, भदौ र असोज गरी तीन महिनामा अर्घाखाँची अस्पतालमा गर्भपतन गराएका ५६ मध्ये ३६ जना मेडिकलको औषधि सेवन गरेर सफा नभएपछि मात्र जिल्ला अस्पताल गएका छन्। मेडिकलमा अवैधानिक तवरबाट औषधि खाने र रक्तश्राव नरोकिएर शरीरमा रगत सकिएपछि मात्र आउनेको संख्या अधिक रहेको डा. गौतमले बताए।

स्वास्थ्यको सेवा र प्रदान गरिने सेवाको मूल्यसूची राख्नुपर्ने भए पनि नराखिएको, अर्कैको नाममा रहेको मेडिकल सञ्चालन गरेको, लाइसेन्सधारी व्यक्तिले मात्र नभई अरुले पनिऔषधि बेच्ने गरेक पाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पूर्ण पराजुलीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार