केयू मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढ्याे
काठमाडौं : काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिसिनअन्तर्गत मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढेको छ। केयूले मातहतका मेडिकल कलेजका इन्टर्न डाक्टरको भत्ता ३ हजार रुपैयाँ बढाएको हो।
केयूअन्तर्गतका मेडिकल कलेजका एमबीबीएस र बीडीएसका इन्टर्न डाक्टरले अब मासिक १३ हजार पाउनेछन्। यसैगरी, नाइट ड्युटी गर्ने डाक्टरलाई थप १५ सय भत्ताको व्यवस्था गरेको केयूको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले जनाएको छ। मेडिकल कलेजका इन्टर्न डाक्टरले यसअघि नाइट ड्युटीबापत भत्ता पाउने गरेका थिएनन्।
इन्टर्न डाक्टरको मासिक भत्ता कम भएको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि केयूले १ कात्तिकदेखि भत्ता बढाउने निर्णय गरेको थियो। निर्णय कार्यान्वयनका लागि केयूले आफूमातहतका सबै मेडिकल कलेजलाई परिपत्रसमेत गरेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा