Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

केयू मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढ्याे

केयू मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढ्याे

काठमाडौं : काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिसिनअन्तर्गत मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढेको छ। केयूले मातहतका मेडिकल कलेजका इन्टर्न डाक्टरको भत्ता ३ हजार रुपैयाँ बढाएको हो।

केयूअन्तर्गतका मेडिकल कलेजका एमबीबीएस र बीडीएसका इन्टर्न डाक्टरले अब मासिक १३ हजार पाउनेछन्। यसैगरी, नाइट ड्युटी गर्ने डाक्टरलाई थप १५ सय भत्ताको व्यवस्था गरेको केयूको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले जनाएको छ। मेडिकल कलेजका इन्टर्न डाक्टरले यसअघि नाइट ड्युटीबापत भत्ता पाउने गरेका थिएनन्।

इन्टर्न डाक्टरको मासिक भत्ता कम भएको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि केयूले १ कात्तिकदेखि भत्ता बढाउने निर्णय गरेको थियो। निर्णय कार्यान्वयनका लागि केयूले आफूमातहतका सबै मेडिकल कलेजलाई परिपत्रसमेत गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार