वीरगञ्ज शीतलहरले अस्तव्यस्त, महानगरपालिकाका सबै विद्यालय १० दिन बन्द
वीरगञ्ज : शीतलहरले जनजीवन अस्तव्यस्त बनाएपछि प्रदेश २ को वीरगञ्ज महानगरपालिकाले सबै विद्यालय १० दिन बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाले सामुदायिक र संस्थागत गरी ३११ वटा विद्यालयमा विदा दिने निर्णय गरेको हो।
चिसोका कारण विद्यालय जाने आउने बालबालिकाको स्वास्थ्य बिग्रिनसक्ने भन्दै सबै विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए। पुस ९ देखि १८ गतेसम्म विद्यालयहरूमा विदा दिइएको छ।
मौसम अनुकुल भए विदा रद्द गरी पढाए सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ। अहिलेको विदा बर्खे विदामा कटाउने पनि महानगरपालिकाले निकालेको सूचनामा उल्लेख छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा