Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिसाे बढेपछि दमकका विद्यालय बन्द

चिसाे बढेपछि दमकका विद्यालय बन्द

झापा : अत्यधिक चिसो बढेपछि झापाको दमक नगरपालिकाका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन्।

केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि दैनिक पठनपाठनमा असहज भएका कारण सोमबारदेखि बुधबारसम्मका लागि सबै विद्यालय बिदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको हो।

अन्य बिदामा मिलान गर्ने गरी बिदा दिइएको नगरपालिका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी जानकारी दिएका हुन्। सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन्।

यसैगरी सुनसरीकाे इनरुवा नगरपालिकाले दुई दिनका लागि विद्यालयमा बिदा दिएको छ। सूचना जारी गर्दै नगरपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा सोमबार र मंगललबार बिदा दिएको जनाएकाे हाे।

चिसोमा बालबालिकालाई आउनजान तथा पठनपाठन गर्न समस्या हुने र स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख  राजन मेहताले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार