सिन्धुलीको खुर्कोटमा ओम अस्पतालकाे स्वास्थ्य शिविर
काठमाडौं : चावहिलस्थित ओम अस्पतालले सिन्धुलीको खुर्कोटमा निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ अन्तर्गत खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालसँगको सहकार्यमा अस्पतालले शनिबार शिविर सञ्चालन गरेको हो।
शिविरमा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. बीएन कोइरालाको नेतृत्वमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्री तथा प्रसूती रोगलगायत सेवा उपलब्ध गराइएको थियो। विशेषज्ञ टोलीले एक्स–रे, अल्ट्रासाउण्ड, प्याथोलोजी लगायत सेवासहितको बृहत स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको थियो।
शिविरमा विभिन्न रोगको उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए। शिविरमा सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउँपालिकाका साथै रामेछाप र ओखलढुंगा जिल्लाबाट आएका ५०० बिरामीले सेवा लिएका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा