Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२५ शय्याकाे बन्दै बघाैडा अस्पताल

२५ शय्याकाे बन्दै बघाैडा अस्पताल

चितवन : माडीको बघौडा अस्पताललाई २५ शय्याको अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको छ। प्रदेश ३ सरकारको सहयोगमा शय्या थप गर्न लागिएको हो।

नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ शय्याको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक कुमारले बताए।

२०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भई सेवा शुरु गरेको अस्पताललाई २०५४ सालमा प्राथामिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति गरिएको थियोे। २०७० साल साउनमा मन्त्रिपरिषद्को निर्णयद्वारा स्वास्थ्य केन्द्रबाट १५ शय्याको अस्पतालका रूपमा विकास गरिएको हो।

माडी नगरपालिकाले तीन वर्षको अन्तरालमा बघौडा अस्पतालमा चार करोड ५० लाख बजेट विनियोजन गरेको माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए। भिडियो एक्स–रे लगायतका औजार र दक्ष जनशक्तिको व्यवस्थापनमा दैनिक ३०० जना स्वास्थ्य परीक्षणका लागि आउने वातावरण तयार पारिएको उनको भनाइ छ।

बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि अहिले नगरपालिकाले छुट्टै ओपीडी ब्लक निर्माण गरेको छ भने कुर्ने ठाउँसमेत बनाएको छ। अस्पतालमा अहिले पाँच एमबीबीएस चिकित्सक, एक एमडीजीपी विशेषज्ञ चिकित्सक, एक डेन्टल सर्जनसहित सात चिकित्सक रहेको अस्पतालका सूचना अधिकारी टेकमणि महतोले जानकारी दिए।

सर्पदंशका बिरामीको उपचारका लागि प्रदेश सरकारले एन्टी स्नेक भेनम राख्न अस्पताललाई स्वीकृति प्रदान गरिसकेको छ। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा माडीमा रक्तसञ्चार केन्द्र स्थापनाको तयारी गरिएको महतोले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार