धौलागिरि अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट
बागलुङ : धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अस्पतालमा प्लान्ट सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयको ९४ लाख ४० हजार रुपैयाँ लागतमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए। अस्पतालका अनुसार ६१ लाखमा अक्सिजन उत्पादन गर्ने प्लान्ट र ३३ लाख रुपैयाँमा वितरण पाइप लाइन तयार गरिएको छ।
अस्पतालमा जडान गरिएको प्लान्टले अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् । ‘अक्सिजन प्लान्ट’ जर्मनी प्रविधिद्वारा निर्माण गरिएको हो। ३०० श्ययाको अस्पताललाई हाल दैनिक १५ देखि २० सिलिण्डर अक्सिजनको आवश्यकता छ।
उत्पादित अक्सिजनलाई सोझै पाइप लाइनमार्फत अस्पतालको आवश्यक सबै कोठा\कोठामा पुर्याइएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए। सिलिण्डरमा अक्सिजन भर्ने व्यवस्था भएमा छिमेकी जिल्लामा समेत आपूर्ति गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरलले जानकारी दिए।
यसअघि निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको अक्सिजन सिलिण्डर अस्पतालमा प्रयोग हुँदै आएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित