डा पुष्पमणी खराल नेतृत्वको पेशागत समूहको ८ बुँदे प्रतिबद्धता: चिकित्सकको सुरक्षादेखि वेवसाइट अपडेट सम्म
काठमाडौं : नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएको डा पुष्पमणी खराल नेतृत्वको पेशागत समावेशी समूहले ८ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पेशागत समावेशी समूहले आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको हो । चिकित्सकहरूको पेशागत एवं आर्थिक सुरक्षा र सदस्यता बढाउनेदेखि संघको संस्थागत विकास सम्मको एजेन्डा पेशागत समूहले अघि सारेको छ । यसैगरी संघकाे वेवसाइट अपडेट नभएको भन्दै यसलाई अपडेट गर्ने विषय पनि समूहले आफनो घोषणापत्रमा उल्लेख गरेको छ ।
संघले हालसम्म सम्पूर्ण चिकित्सकको हितमा काम गर्न नसकेकाे आरोप लगाउँदै यसमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको डा पुष्पमणी खरालले बताए । उनले भने,’संघसँग अधिकांश चिकित्सक रुष्ट छन् । जसले गर्दा अनेक नाममा चिकित्सकका संघ खुलेका छन्। यो वातावरण आउनै नदिन मेरो नेतृत्वले काम गर्नेछ । संघमा एक तिहाइ चिकित्सक मात्र सदस्य बन्नुले पनि यसप्रतिको अविश्वास यसै झल्किन्छ ,उनले भने ।
मैले यी समस्या नजिकबाट बुझेको छु अहिलेसम्म संघले गर्न नसकेका र अति आवश्यक काम र नयाँ योजनासहित काम गर्ने अठोट लिएको छु ,उनले थपे ।’
पेशागत समूहले सबै वर्गलाई समेटेर समावेशी बलियो टिम बनाएका कारण निर्वाचनमा आफ्नै प्यानलको जित निश्चित हुने डा खरालले दाबी गरे ।
नेपालमा चिकित्सकको तलब अत्यन्त न्यून छ । विश्वमै कम तलब बुझ्नेमा पर्छन नेपाली चिकित्सक । त्यसैले यसमा हामी जोडदार रुपमा आवाज उठाउँछौं, उनले भने ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा