Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा पुष्पमणी खराल नेतृत्वको पेशागत समूहको ८ बुँदे प्रतिबद्धता: चिकित्सकको सुरक्षादेखि वेवसाइट अपडेट सम्म

डा पुष्पमणी खराल नेतृत्वको पेशागत समूहको ८ बुँदे प्रतिबद्धता: चिकित्सकको सुरक्षादेखि वेवसाइट अपडेट सम्म

काठमाडौं : नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएको डा पुष्पमणी खराल नेतृत्वको पेशागत समावेशी समूहले ८ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पेशागत समावेशी समूहले आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको हो । चिकित्सकहरूको पेशागत एवं आर्थिक सुरक्षा र सदस्यता बढाउनेदेखि संघको संस्थागत विकास सम्मको एजेन्डा पेशागत समूहले अघि सारेको छ । यसैगरी संघकाे वेवसाइट अपडेट नभएको भन्दै यसलाई अपडेट गर्ने विषय पनि समूहले आफनो घोषणापत्रमा उल्लेख गरेको छ ।

संघले हालसम्म सम्पूर्ण चिकित्सकको हितमा काम गर्न नसकेकाे  आरोप लगाउँदै यसमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको डा पुष्पमणी खरालले बताए । उनले भने,’संघसँग अधिकांश चिकित्सक रुष्ट छन् । जसले गर्दा अनेक नाममा चिकित्सकका संघ खुलेका छन्। यो वातावरण आउनै नदिन मेरो नेतृत्वले काम गर्नेछ । संघमा एक तिहाइ चिकित्सक मात्र सदस्य बन्नुले पनि यसप्रतिको अविश्वास यसै झल्किन्छ ,उनले भने ।

मैले यी समस्या नजिकबाट बुझेको छु अहिलेसम्म संघले गर्न नसकेका र अति आवश्यक काम र नयाँ योजनासहित काम गर्ने अठोट लिएको छु ,उनले थपे ।’

पेशागत समूहले सबै वर्गलाई समेटेर समावेशी बलियो टिम बनाएका कारण निर्वाचनमा आफ्नै प्यानलको जित निश्चित हुने डा खरालले दाबी गरे ।

नेपालमा चिकित्सकको तलब अत्यन्त न्यून छ । विश्वमै कम तलब बुझ्नेमा पर्छन नेपाली चिकित्सक । त्यसैले यसमा हामी जोडदार रुपमा आवाज उठाउँछौं, उनले भने ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार