Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मीले नै दिन्छन् बिरामीलाई रगत

स्वास्थ्यकर्मीले नै दिन्छन् बिरामीलाई रगत

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीका लागि रक्तदाता बन्ने गरेका छन्।

अभावका वेला कर्मचारीले समेत बिरामीलाई रगत दिने गरेको अस्पतालले जानकारी दिएको छ। ‘यहाँ निकै सिकिस्त बिरामी पनि आउँछन्। रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, त्यसैले पटक–पटक रगत दिएका छौँ’, अप्रेसन थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भने। छ वर्षमा आफूले २५ पटक रक्तदान गरेको उनको भनाइ छ।

हालै पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया भयो। शल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताए।

खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन् । त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका हुन्छन् ।

आफ्नै ब्लड बैंक सञ्चालन गरेकाले रगत आदानप्रदान गर्न सजिलो भएको प्रमुख विवेक पुन मगरले जानकारी दिए। आफूले समेत १६ पटक रगत दिइसकेको पुनले बताए। यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिक कर्मचारीले समेत पटक–पटक रगत दिएका छन्।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत प्रतिष्ठानका बिरामीका लागि रक्तदान गर्ने गरेका छन् । केही महिनाअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि रक्तदान गरेका थिए। एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले पनि समस्या हुने गरेको प्रयोगशाला प्रमुख पुनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार