स्टार अस्पतालले ल्यायाे ‘स्टार अस्योरेन्स’, १०० भन्दा बढी रोगका लागि बिमा
ललितपुर : सानेपास्थित स्टार अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ।
अस्पतालले शनिवार गरेको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले ‘स्टार अस्योरेन्स’आरम्भ गरेका हुन्।
तिमल्सिनाले नसर्ने रोग सबैतिर बढेको र यसको भार सबैले थेग्न नसक्ने भएकाले सबैले स्वास्थ्य बिमा गरेर ढुक्क हुनुपर्ने बताए।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई यसले सहयोग गर्ने बताए। सरकारले स्वास्थ्य बिमालाई अझै सशक्त बनाएर सबै जिल्लामा पुर्याउने उद्देश्यका साथ कार्यक्रम अघि सारेको पनि उनले जानकारी दिए।
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आफूले स्टार अस्योरेन्सको पहिलो सेवाग्राही बन्न चाहेको बताए। उनले स्वास्थ्य उपचार असाध्यै महंगो हुँदै गएको अवस्थामा बिमाले ठूलो राहत हुने बताए।
कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रूपाखेतीले स्टार अस्योरेन्समार्फत १०० भन्दा बढी रोगका लागि बिमामार्फत सहयोग गर्ने योजना ल्याएको बताए। ‘स्वास्थ्य सेवाको विस्तारकै रूपमा हामीले स्वास्थ्य बिमा अघि सारेका छौँ’, उनले भने, बिमा गर्नेले सिधै अस्पतालबाट भुक्तानी पाउन सक्छन्।’ रोगको प्रकृतिअनुसार ५० हजारदेखि २० लाख रुपैयाँसम्म दिइने उनले प्रष्ट पारे।
अस्पतालले सिटिजन लाइफ र शिखर इन्स्योरेन्ससँग मिलेर बिमा कार्यक्रम ल्याएको हो। यसका लागि छुट्टै काउन्टर नै खडा गरेको छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै