Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शीतलहर चलेपछि विद्यालय बन्द

शीतलहर चलेपछि विद्यालय बन्द

सप्तरी : शीतलहरका कारण अत्यधिक चिसो बढेपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्। राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सप्तकोशी नगरपालिकाले सबै विद्यालय केही दिनका लागि बन्द गरेका हुन्।

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन्।

राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये आइतबारदेखि मंगलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ। नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय बन्द हुने नगरउपप्रमुख साधना झाले बताइन्।

तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ। गाउँपालिका अध्यक्ष शतीशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गरिएको जानकारी दिए।

सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विदा दिएको छ।

दिनभरि बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्न जिल्लाका विभिन्न चोक र सार्वजनिकस्थलमा आगो बालिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार