शीतलहर चलेपछि विद्यालय बन्द
सप्तरी : शीतलहरका कारण अत्यधिक चिसो बढेपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्। राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सप्तकोशी नगरपालिकाले सबै विद्यालय केही दिनका लागि बन्द गरेका हुन्।
सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन्।
राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये आइतबारदेखि मंगलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ। नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय बन्द हुने नगरउपप्रमुख साधना झाले बताइन्।
तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ। गाउँपालिका अध्यक्ष शतीशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गरिएको जानकारी दिए।
सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विदा दिएको छ।
दिनभरि बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्न जिल्लाका विभिन्न चोक र सार्वजनिकस्थलमा आगो बालिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित