गाउँपालिकामा छैन एम्बुलेन्स, ट्र्याक्टरमै जन्मिन्छन् शिशु
कपिवस्तु : विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् ।
विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्। शनिबार बिहान सुत्केरी व्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु ३ त २४४८ नम्बरको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै शिशु जन्माएकी हुन्।
करिब १५ किलोमिटरको दूरी पार गरी चन्द्रौटा जाँदै गर्दा उर्मिलाले छाेरा जन्माएकी हुन्। बाटैमा बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किएको सासू कमलावती कोरीले बताइन्।
यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीदका लागि चालू आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको जनाएको छ। दातृ निकायबाट सहयोग प्राप्त भए यो वर्ष दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
–––





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा