Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गाउँपालिकामा छैन एम्बुलेन्स, ट्र्याक्टरमै जन्मिन्छन् शिशु

गाउँपालिकामा छैन एम्बुलेन्स, ट्र्याक्टरमै जन्मिन्छन् शिशु

कपिवस्तु : विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् ।

विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्। शनिबार बिहान सुत्केरी व्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु ३ त २४४८ नम्बरको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै शिशु जन्माएकी हुन्।

करिब १५ किलोमिटरको दूरी पार गरी चन्द्रौटा जाँदै गर्दा उर्मिलाले छाेरा जन्माएकी हुन्। बाटैमा बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किएको सासू कमलावती कोरीले बताइन्।

यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीदका लागि चालू आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको जनाएको छ। दातृ निकायबाट सहयोग प्राप्त भए यो वर्ष दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

–––

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार