Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कास्कीमा मुटु तथा स्नायु सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

कास्कीमा मुटु तथा स्नायु सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं:  कास्की जिल्लाका विभिन्न विद्यालयमा गरिएको मुटु तथा स्नायु स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न भएको छ । न्यूरो फाउण्डेशन नेपाल र फुवाई युनान कार्डियोभास्कुलर अस्पताल, खुन्मिङ, चाइनाको संयुक्त सहकार्यमा उक्त शिविर गरिएको हो । साइनो नेपाल हार्ट टु हार्ट कोअपरेसन परियोजना अन्गतर्गत पहिलो चरणमा तीन दिने स्वास्थ्य शिविर गरिएको हो ।

शिविरमा कास्की जिल्लाको पोखराको गण्डकी बोर्डिङ स्कुल, एस ओ एस स्कुल, राष्ट्रिय मा.वि. बिन्धवासिनी मा.वि., नव प्रभात मा.वि. र दृष्टि केन्द्र सहितको ६ वटा विद्यालयमा ३ हजार ३ सय बढी विद्यार्थीको मुटु तथा स्नायु सम्बन्धी रोग जाँच गरिएको थियो ।

परियोजनाको उद्घाटन न्यूरो फाउण्डेशन नेपालका अध्यक्ष डा.बसन्त पन्त, चाइना कार्यक्रम संयोजक डा.दो लिन र गण्डकी बोर्डिङ स्कुलका प्रधानअध्यापक  बिरेन्द्र खड्काले गरेका थिए । शिविरमा विद्यार्थीको स्वास्थ्य जाँचका लागि पोखरा तथा काठमाडौंका मुटु एवं स्नायु रोग सम्बन्धी चिकित्सक साथै चाइनावाट विशेषज्ञ चिकित्सक आएका थिए ।

शिविरमा ३हजार ३ सय विद्यार्थी मध्ये ५ सय एक विद्यार्थीको मुटुको इको गरिएको थियो । जस मध्ये १७ जना विद्यार्थीको मुटुमा समस्या देखिएको थियो भने १० विद्यार्थीको मुटुको शल्यकृया गर्नुपर्ने अवस्था देखिएको थियो । समस्या देखिएका विद्यार्थीको उपचार निशुल्क गरिने आयोजकले बताएका छन्।

के हो साइनो नेपाल हार्ट टु हार्ट चिल्ड्रेन कोअपरेशन ?
साइनो नेपाल हार्ट टु हार्ट चिल्ड्रेन कोअपरेशन गण्डकी प्रदेशमा गरिने २ वर्षीय मुटु तथा स्नायु परिक्षण परियोजना हो । न्यूरो फाउण्डेशन नेपाल, माइतीघर काठमाडौं र फुवाई युनान कार्डियोभास्कुलर अस्पताल, खुन्मिङ, चाइनाको संयुक्त सहकार्यमा सुरु गरिएको यस परियोजनामा २ वर्ष भित्र गण्डकी प्रदेशका ३० हजार बिद्यार्थीको मुटु तथा स्नायु परिक्षण गरिने व्यवस्था रहेको छ ।

गण्डकी प्रदेशमा २ बर्ष भित्र ५ देखि ६ वटा शिविर संचालन गरिने र यस परियोजनाबाट मुटुको शल्यक्रिया गर्नुपर्ने विद्यार्थीलाई निःशुल्क शल्यकृयाको व्यवस्था नेपाल अथवा चाइनामा गरिने प्रावधान रहेको छ । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश र समाज कल्याण परिषद नेपालको स्वीकृती लिएर संचालन गरिएको यस परियोजनामा कास्की,बाग्लुङ, म्याग्दी , मुस्ताङ र तनहुं जिल्ला रहेको परियोजनाका संयोजक डा. शरदहरि गजुरेलले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार