Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले सार्वजनिक गर्‍यो ५ बुँदे घोषणा पत्र

चिकित्सक संघमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले सार्वजनिक गर्‍यो ५ बुँदे घोषणा पत्र

काठमाडौं : नेपाल चिकित्सक संघको आगामी चुनावका लागि डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले ५ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै डा लोचन कार्की नेतृत्वको प्यानलले प्रतिवद्धता पत्र जारी गरेको हो । लोकतान्त्रिक समुहले आफ्नो प्रतिवद्धता पत्रमा चिकित्सकको पेशागत सुरक्षा र वृत्तिविकास, गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा,राष्ट्रिय नीति तथा योजना निर्माणमा योगदान, सरकारी नीजि साझेदारीको विषय, संघको संस्थागत विकास लगायतका प्रतिवद्धता अघि सारेको छ ।

पत्रकार सम्मेलनामा अध्यक्षका उम्मेदवार डा लोचन कार्कीले आफूले सम्पूर्ण चिकित्सकहरुको हितमा काम गर्न उम्मेदवारी दिएको बताए। । उनले संघमा लामो समयदेखि आवद्ध भएकाले चिकित्सा क्षेत्रमा भएको कमी कमजोरी नजिकबाट नियालेको र यसलाई हटाउन र उनीहरुको हक हितमा काम गर्न आफू सक्षम भएको पनि दावी गरे। यसमा सबैको साथको आशा गरेको पनि उनले जीकिर गरे । यसैगरी उनले लोकतान्त्रिक समूहले सिनियरदेखि जुनियर सबै वर्गलाई समेटेर बलियो टिम बनाएका कारण पनि आफूहरुले जित्ने दावी गरे।

संघको आसन्न निर्वाचनका लागि अध्यक्ष कार्कीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा डा शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा अनिल विक्रम कार्की ,महासचिवमा डा बद्री रिजाल, कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी, सह सचिवमा डा निरज कुमार सिंह, सह कोषाध्यक्षमा डा विश्वराज दवाडीले उम्मेदवारी दिएका छन्।

यसैगरी सदस्यहरुमा डा विक्रान्त ढकाल, डा विपेश आचार्य, डा नन्द कुमारी गुरुङ , डा प्रमोद जोशी, डा रितेस थापा, र डा सन्जीव तिवारी ले उम्मेदवारी दिएका छन् ।

संघको २८ औं कार्यसमितिको लागि आउँदो माघ ४ गतेदेखि चुनाव हुँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार