राष्ट्रसंघको घोषणा : सेप्टेम्बर ७ निलो आकाशका लागि सफा हावा दिवस
संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखमा निलो आकाशका लागि सफा हावा दिवस मनाउने घोषणा गरेको छ।
राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरूले जनाएका छन्। दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागु हुने जनाइएको छ।
स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्त्वपूर्ण भएकाले त्यसबारेमा आम नागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरूले जनाएका छन्।
वायु प्रदूषणले विश्वभरीका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्व अत्यन्त धेरै रहेको विज्ञहरुको भनाइ छ।
वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापी रूपमा अध्ययन, अनुसन्धान, जनचेतनामूलक अभियान चलाउनु पर्नेमा समेत सरोकारवालाहरुले जोड दिँदै आएका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै