प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन
रुकुमपूर्व : पुथाउत्तरगंगा गाउँपालिका– १२ कोलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको छ। एक चिकित्सकको सरुवा भएपछि केन्द्र एक महिनादेखि चिकित्सकविहीन भएको हो ।
दरबन्दीमा गएका डा. तपेन्द्र कोइरालाको सरुवा भएको छ। छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका डा. सुनिल पुन जिल्ला अस्पताल रुकुमकोटमा काजमा खटिएका छन् । डा. कोइराला भने दुई वर्ष बसेर कात्तिक ३० मा सरुवा भएका हुन् ।
केन्द्रमा चिकित्सकले गर्नुपर्ने काम अहेबले गरिरहेका छन्। यहाँ अहिले तीनजना अहेब, तीनजना अनमि, एक ल्याब असिस्टेन्टसहितका स्वास्थ्यकर्मी छन्। चिकित्सक नहुँदा दुर्गम क्षेत्रका बिरामी मारमा परेका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै