Health TV Online
Health TV Online
Health TV Online

औषधि पसलमा शिलबन्दी

औषधि पसलमा शिलबन्दी

भक्तपुर : भक्तपुर अस्पताल अगाडि सञ्चालित भैरव फार्मेसी शिलबन्दी गरिएको छ। नगरपालिकाले बिहीबार गरेको फार्मेसी अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित भैरव फार्मेसीमा औषधि व्यवसायी नबसी अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिई लापरवाही गरेको पाइएपछि शिलबन्दी गरिएको हो।

साथै विभिन्न नामका औषधिहरु रेफ्रिरेजेटर बाहिर कोठाको तापक्रममा राखिएको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए। उक्त फार्मेसीमा लागुऔषधबाहेकका अन्य औषधि बट्टामा नराखेको पाइएपछि शिलबन्दी गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले बताए। औषधि विभागका फार्मेसी अधिकृत मुकेन्द्र पञ्जियार, फार्मेसी अधिकृत उमङ्ग त्रिपाठी, फार्मेसी अधिकृत सुरेन्द्र बोहरा, फार्मेसी सुपरभाइजर भीष्म सापकोटाको रोहबरमा पसल शिलबन्दी गरिएको प्रजापतिले जानकारी दिए।

अनुगमनकै क्रममा दीप फर्मा प्रालि नवीकरण नगरेको, म्याद नाघेको औषधिहरु छुट्टै नराखी एकै ठाउँमा राखेको, औषधि पसलमा बस्ने केही व्यक्तिहरुको औषधि विभागको अनुमतिपत्र नभएको पाइएको छ ।

त्यस्तै डोलेश्वर फर्मा नवीकरण नगरेको, रोज डेण्टल केयर प्रालि नवीकरण नगरेको, प्यानसहितको बिक्री बिल दिने व्यवस्था नगरेको, सरसफाइमा ध्यान नदिएको, प्राइम डेण्टल नवीकरण नगरेको, सरसफाइ तथा औजार उपकरण निर्मलीकरण व्यवस्थापन नगरेको पाइएको प्रजापतिले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार