Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रहरी अस्पतालमा रक्तसञ्चार केन्द्र

प्रहरी अस्पतालमा रक्तसञ्चार केन्द्र

काठमाडौं : नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकको ४० लाख रुपैयाँ सहयोगमा ‘रक्तसञ्चार केन्द्रको स्थापना गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिनेभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे। ‘अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ’, उनले भने, ‘आगामी दिनमा झन् राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्।’

अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न ३०० शय्यामा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताए।

महानिरीक्षक खनालले अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेसन सेन्टर’समेत उद्घाटन गरे। २०४० चैत २७ गते २५ शय्याबाट शुरु भएको अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारणका लागि १० शय्या छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार