प्रहरी अस्पतालमा रक्तसञ्चार केन्द्र
काठमाडौं : नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकको ४० लाख रुपैयाँ सहयोगमा ‘रक्तसञ्चार केन्द्रको स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिनेभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे। ‘अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ’, उनले भने, ‘आगामी दिनमा झन् राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्।’
अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न ३०० शय्यामा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताए।
महानिरीक्षक खनालले अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेसन सेन्टर’समेत उद्घाटन गरे। २०४० चैत २७ गते २५ शय्याबाट शुरु भएको अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारणका लागि १० शय्या छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित