Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. ज्ञवालीलाई ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड

डा. ज्ञवालीलाई ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड

काठमाडौं :  डा. विशाल ज्ञवालीले ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड प्राप्त गरेका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजीले अवार्ड प्रदान गरेको हो।

उनलाई प्रयोगात्मक विज्ञान अन्तर्गत ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड दिइएको हो। यससँगै अनुसन्धान सञ्चालनका लागि डा. ज्ञवालीले ५० हजार डलर प्राप्त गर्नेछन्।

न्यून आय भएका देशमा प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराउनेहरूलाई डा. ज्ञवालीले आधारभूत किमोथेरापीको तालिमको विषयमा प्रस्ताव तयार पारेका थिए। यही प्रस्तावलाई अवार्ड प्रदान गरिएको हो। नयाँ अनुसन्धानकर्ताहरूलाई ग्लोबल अंकोलोजीमा गुणस्तरीय अनुसन्धानमा प्रोत्साहन गर्न यो अवार्ड प्रदान गरिएको जनाइएको छ।

२०५९ सालकाे एसएलसी बाेर्डफर्स्ट डा. ज्ञवाली दक्षिणी अन्टारियोको क्यान्सर केन्द्रको अंकोलोजी विभागमा क्यान्सर विज्ञ र क्विन्स युनिभर्सिटीमा सहायक प्राध्यापक छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार