डा. ज्ञवालीलाई ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड
काठमाडौं : डा. विशाल ज्ञवालीले ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड प्राप्त गरेका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजीले अवार्ड प्रदान गरेको हो।
उनलाई प्रयोगात्मक विज्ञान अन्तर्गत ग्लोबल अंकोलोजिस्ट युवा अनुसन्धानकर्ता अवार्ड दिइएको हो। यससँगै अनुसन्धान सञ्चालनका लागि डा. ज्ञवालीले ५० हजार डलर प्राप्त गर्नेछन्।
न्यून आय भएका देशमा प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराउनेहरूलाई डा. ज्ञवालीले आधारभूत किमोथेरापीको तालिमको विषयमा प्रस्ताव तयार पारेका थिए। यही प्रस्तावलाई अवार्ड प्रदान गरिएको हो। नयाँ अनुसन्धानकर्ताहरूलाई ग्लोबल अंकोलोजीमा गुणस्तरीय अनुसन्धानमा प्रोत्साहन गर्न यो अवार्ड प्रदान गरिएको जनाइएको छ।
२०५९ सालकाे एसएलसी बाेर्डफर्स्ट डा. ज्ञवाली दक्षिणी अन्टारियोको क्यान्सर केन्द्रको अंकोलोजी विभागमा क्यान्सर विज्ञ र क्विन्स युनिभर्सिटीमा सहायक प्राध्यापक छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै