Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फागुन र चैतमा दादुरा–रुबेलाविरुद्ध विशेष खोप अभियान

फागुन र चैतमा दादुरा–रुबेलाविरुद्ध विशेष खोप अभियान

काठमाडौं : सरकारले आगामी फागुनमा दादुरा र रुबेलाविरुद्ध खोप अभियान चलाउने भएको छ।

सन् २०२३ सम्ममा दादुरा र रुबेला नियन्त्रण गर्ने लक्ष्यअनुरूपविशेष खोप अभियान सञ्चालन गर्न लागेको मंगलबार कार्यक्रम गरी परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जानकारी दिएको हो।

दुई चरणमा गरी दिइने खोप प्रदेश नम्बर १, २ र ५ मा फागुन महिनाभर सञ्चालन गरिने शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए। प्रदेश ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चैत महिनाभर सञ्चालन हुनेछ। खोप लिनुपर्ने र यसअघि लिइसकेका बालबालिकालाई अनिवार्य गरिएको छ।

अभियानअन्तर्गत ९ महिनादेखि ५ वर्षसम्मका ३० लाख बढी बालबालिकालाई सो खोप दिन लागिएको डा. शर्माले जानकारी दिए। अभियानमा १० हजार स्वयंसेवक, ६ हजारभन्दा बढी स्वास्थ्य कार्यकर्ता सहभागी हुने उनले बताए। यसका लागि ४५ हजार खोप केन्द्र तोकिने जानकारी दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार