बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित चारजनाविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ।
बिल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको पाँच लाख ५० हजार रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरू चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध पाँच लाख ५० हजारको बिगोसमेत माग गरेकाे छ।
श्रेष्ठमाथि यसअघि पनि भ्रष्टाचारको मुद्दा दायर भएको थियो। यससँगै उनी निलम्बनमा परेका थिए। पुनः भ्रष्टाचारको मुद्दा दायर भएपछि सिंघाची अग्रवालसँगै क्लर्क मगर र खतिवडा पनि निलम्बनमा परेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा