मोरङको मंगलबारे अस्पताल ट्रमा सेन्टर बन्ने
काठमाडौं : मोरङको मंगलबारे अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टर बनाइने भएको छ।
१५ शय्याको अस्पताललाई प्रदेश १ सरकारले ५० शय्यामा स्तरोन्नति गरी ट्रमा सेन्टर बनाउन लागेको हो । त्यसका लागि चालू आर्थिक वर्षमा दुई करोड बजेट छुट्याइएको छ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्न आवश्यक तयारी अघि बढाएको जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटना र प्राकृतिक प्रकोपमा परेका मानिसलाई उद्धार गरी उपचारको प्रबन्ध मिलाउन प्रदेश सरकारले मंगलबारे अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्न लागेको उनले बताए।
अघिल्लाे आर्थिक वर्षकाे दुई करोड रुपैयाँबाट आवश्यक उपकरण खरिद गरिएको अस्पताल सञ्चालक समितिका सदस्य कमलनारायण मल्लिकले जानकारी दिए। हाल ट्रमा सेन्टर निर्माणसम्बन्धी कार्यविधि बनाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित