बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालन
काभ्रे : पनौती नगरपालिकाले वडा नं. ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याएको छ। पनौती मुख्य बजारमा बढ्दो जनसंख्याको चापलाई मध्यनजर गर्दै बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।
अहिले पनौतीमा नै अस्पातल निर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट आएको ६५ लाख रूपैयाँले छिट्टै भवन निर्माण हुने नगरप्रमुख भीम न्यौपानेले बताए।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बार्थिङ सेन्टर र ल्याबबाट दिने सबै सेवा निरन्तर दिन आग्रह गरे। बर्थिङ सेन्टर र प्रयोगशालाका लागि आवश्यक जनशक्ति नगरपालिकाले उपलब्ध गर्ने वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए।
बर्थिङ सेन्टर र प्रयोगशालामा एएनसी प्याकेजअन्तर्गत विभिन्न १८ प्रकारका खकार, रगत र पिसाब परीक्षण गरिने ल्याब प्रमुख दिपेश घिमिरेले जानकारी दिए। स्वास्थ्य चौकीमा हेल्थ असिस्टेण्ट, अहेव, अनमी, ल्याब असिष्टेण्ट गरी नौ स्वास्थ्यकर्मी छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा