चिकित्सक संघको निर्वाचन: एक जनाले लिए उम्मेदवारी फिर्ता, स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी
काठमाडौं : नेपाल चिकित्सक संघको आगामी चुनावका लागि ३१ जनाले उम्मेदवारी दिएकोमा एक जना सदस्यले भने आफनो नाम फिर्ता लिएका छन्।
आगामी माघ महिनामा हुन लागेको संघको केन्द्रीय कार्यकारिणी समिति निर्वाचनका लागि सदस्य पदका लागि उम्मेदवारी दिएका डा मनोहरदिन सैयदले उम्मेदवारी फिर्ता लिएका हुन् । उनको यो उम्मेदवारी फिर्तासँगै उम्मेदवारहरुको अन्तिम संख्या ३० भएको छ ।
संघले आगामी निर्वाचनका लागि गत २८ गते सम्म उम्मेदवारी दर्ता गराउन समय सिमा तय गरेको थियो। सोही अनुरुप ३१ जनाले नाम दर्ता गराएका थिए । यसैगरी उम्मेदवारी दिएका उम्मेदवारको सम्बन्धमा दावी विरोध गर्ने र उम्मेदवारी फिर्ता गर्न सक्ने भन्दै सोमबार १ बजेसम्मको समय तय गरिएको थियो । संघको चुनाव आगामी माघ महिनामा हुँदैछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण