स्वास्थ्यचाैकीकाे नयाँ भवन निर्माण
तुलसीपुर : दाङको दंगीशरण गाउँपालिका–२ गोल्टाकुरी स्वास्थ्यचौकीको नयाँ भवन निर्माण सम्पन्न भएको छ। नयाँ स्वास्थ्य भवनले सहज रूपमा स्वास्थ्य सेवा पाउने भन्दै स्थानीय खुशी भएका छन्।
दुई तले उक्त भवनको भुइँतलामा आठ र पहिलो तलामा छ वटा कोठा छन्। नवनिर्मित भवनमा प्रयोगशाला सेवा प्रदान गरिने चौकीले जनाएको छ।
डिभिजन कार्यालयका इञ्जिनीयर महेशबहादुर सिंहका अनुसार एक करोड ७७ लाख रुपैयाँमा निर्माण पूरा भएको हो। भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भागीराम चौधरीले घर आँगनमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न प्राथमिकता दिएको बताए।
यसअघि जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको थियाे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा