सांसदहरूले भने, ‘डब्लूएचओ सर्टिफाइड’ नभएको खोप नेपालमा प्रयोग भइरहेको छ
काठमाडौं : संघीय संसद्का सदस्यहरूले चीन, इण्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधि तथा खोपहरू विश्व स्वास्थ्य संठगनबाट मान्यताप्राप्त नभएको बताएका छन्।
आइतबार बसेकाे संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पूर्व स्वास्थ्य मन्त्री मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधि र भ्याक्सिन ‘डब्लूएचओ सर्टिफाइड’ नभएको दाबी गरेका हुन्। ‘अधिकांश स्थानीय तहमा भ्याक्सिन पुर्याउँदा त्यसको तापक्रम कायम राख्ने कुनै उपकरण छैन’, उनले भने, ‘ती भ्याक्सिनले प्रभावकारी काम गर्ने र रोगहरू निवारण तथा नियन्त्रण हुने अवस्था छैन।’
समितिकी सभापति जयपुरी घर्तीले खोपहरूको प्रभावकारिता बढ्दै गएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवश्यक रहेको बताइन्। उनले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पूरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन्।
छलफलमा स्वास्थ्य विज्ञहरूले नेपालमा प्रयोग हुने कुनै पनि खोप परीक्षणका लागि नभएको दाबी गरे। अन्य मूलुकमा प्रचलित खोपहरू नै नेपालमा पनि प्रयोग गरिएको उनीहरूको भनाइ थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित